दफा १३
परीक्षा सम्बन्धी कसूर गर्नेलाई सजाय:
(१) सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र अधिकारप्राप्त अधिकारीले विशेष परिस्थिति परेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक निर्धारित समयभन्दा अगावै कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ बा हानि पुप्याउने बदनियतले त्यस्तो प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा वा गर्न लगाएमा, उत्तरपुस्तिका फेरबदल गरेमा वा गर्न लगाएमा, निर्धारित मापदण्ड र मर्यादा विपरीत परीक्षा सञ्चालन गरेमा वा गर्न लगाएमा वा परीक्षामा सहभागी भएमा वा उत्तरपुस्तिका परीक्षण गरेमा वा गर्न लगाएमा वा अन्य जुनसुकै कार्य गरी परीक्षाको परिणाम फेरबदल गरेमा बाँ गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई कसूरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दशहजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(२) उपदफा (१) बमोजिम परीक्षाको परिणाममा फेरबदल गरेको देखिएमा अनुसन्धान अधिकारीले सो विषयमा कानून बमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र त्यसरी लेखी पठाएमा सो बमोजिम गर्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ।